काठमाडौं । संसद् विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अडानका साथ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला आयोजना गरेको छ।
पार्टी सभापति देउवा प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध आन्दोलनमा जान अनिच्छुक भएपछि थप दबाब दिन पौडेल पक्षले अनामनगरमा छुट्टै भेला आयोजना गरेका हो।
गत मंगलबारदेखि जारी केन्द्रीय समितिको बैठकमा संसद् विघटनको विरुद्धमा उत्रिने कि निर्वाचनमा जाने भन्ने विषयले कांग्रेसभित्र किचलो सुरु भएको छ।
यही विषयलाई लिएर हिजो बुधबारको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन नै चलेको थियो।





प्रतिक्रिया