देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले पुस १३ गते देशभर विरोध प्रदर्शन गर्ने

देशान्तर

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ ।

आजको केन्द्रीय कार्य समिति बैठकले सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।