
काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले अन्ततः आफ्ना पूर्व नेता पुष्पकमल दाहालको साथ छोडेर प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् । सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी बुधबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका हुन् । उनी आज बसेको ओली समूहको केन्द्रीय समिति बैठकमै सामेल भएर ओलीलाई साथ दिनु पछाडिको कारण खोले ।
तत्कालीन माओवादी केन्द्र र एमालेसँग पार्टी एकता भएपछि बनेको नेकपामा बादल समूहले ३४ केन्द्रीय सदस्य पद पाएको थियो । तर अहिले ओली पक्षमा लाग्दा भने उनी एक्ला भएका छन् । उनलाई नेता मान्ने नेकपाका कुनै पनि केन्द्रीय सदस्यले उनको साथ छोडेर प्रचण्ड–माधव समूहलाई समर्थन गरेका छन् । यता बादल भने ओलीसँग पद ‘वार्गेनिङ’ गर्दै ओलीको आश्वासन पछि उक्त समूहको केन्द्रीय समिति बैठकमा उपस्थित भएका छन् । सूत्रका अनुसार बादलले प्रधानमन्त्री ओलीसँग आफूलाई पार्टीको सहअध्यक्षसहित दोस्रो वरियता मागेका छन् ।
बादल ओलीतिर लागे पनि उनको समूहका अधिकांश नेताहरुले प्रचण्ड–माधव नेपाल समूहलाई रोजेका छन् । यसरी बादलको साथ छोड्नेहरुमा लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, लुम्बिनी प्रदेशसभाका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’, सोनामकी पत्नी तारा घर्ती, नेता देव गुरुङ, पम्फा भुसाल, पूर्णबहादुर घर्ती (आयाम), सूर्य सुवेदी (पथिक), ज्ञानु बस्नेत (सुवेदी), हितमान शाक्य, अमृता थापामगर, दिलिप कुमार प्रजापति, श्रीराम ढकाल (प्रशान्त), रामदीप आचार्य, लेखनाथ न्यौपाने, दावा तामाङ, कुमारी मोक्तान, मौसम लिम्बु (इन्द्र आङ्बो), सावित्री कुमार काफ्ले, इन्द्रजित थारु, मायाप्रसाद शर्मा, नरेश भण्डारी, महेश्वर दाहाल, युवराज भट्टराई, सुरेश आलेमगर, लक्ष्मीदत्त जोशी, नेपबहादुर चौधरी, महादेव यादव, रुपा चौधरी, हरि बहादुर चुमान, सुरेश कुमार राई (हिमाल किराँती), विजय भण्डारी, शरदसिंह भण्डारी, झकबहादुर मल्ल (सुदीप), राजेन्द्र कार्की र टेक बलम्पाकी रहेका छन् ।





प्रतिक्रिया