देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली पक्षले तोक्यो सातै प्रदेशका संयोजक

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले पार्टीका सातै प्रदेशमा संयोजक तोकेको छ । विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा संयोजक तोकिएको जानकारी गराएका छन् ।

ओली पक्षको प्रदेश संयोजकमा प्रदेश एकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् । त्यस्तै टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको समन्वय संयोजक तोकिएको छ ।