देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ : ज्ञवाली

देशान्तर

काठमाडौँ – नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।

नेकपा दाहाल-नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषयमा प्रवक्ता ज्ञवालीले संसद् नै नभएको संसदीय दलको बैठकले दलको नेताबाट हटाएको नसुहाएको तर्क गरे । उनले आफ्‍नो पार्टीको अबको एकमात्र एजेन्डा संगठन विस्तार र चुनाव हुने बताए । उनले भने, अब निर्वाचन घोषणापत्र नै ल्याएर आउँछौं ।