देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बेलुका ६ बजे मन्त्रीपरिषद बैठक बस्दै

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । ओलीले शुक्रबार बेलुका ६ बजेका लागि बैठक बोलाएका हुन् ।

संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो । गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए । सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् ।

बेलुका बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे छलफल हुने जनाइएको छ।