देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली गणतन्त्र र संघीयताको विरोधी हुन् : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता दुबैको विरोधी नेता भएको बताएका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओलीले तानाशाह प्रवृत्ति देखाएको बताए । उनले ओलीमा गणतन्त्र र संघीयताप्रति कुनै माया–मोह नभएको पनि दाबी गरे ।

‘तानाशाहलाई कहिल्यै पनि बैठक र कमिटीहरु मन पर्दैन । उहाँले हिजो त्यहि भन्नु भयो, ‘नेपालले थपे ‘उहाँलाई एउटा कुरा मात्र मन पर्छ, त्यो हो-ओलीवाद ।’ ‘यहाँ झलनाथजी अमृत बोहराजी यहिं साक्षी हुनुहुन्छ, उहाँ ९ओली० ले नेपालमा गणतन्त्र आउँदैन भनेर फरक मत राख्ने नेता हो,’ नेपालले भने, ‘उहाँलाई यो व्यवस्थाप्रति कुनै मोह नै छैन ।’