प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । संसद् विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात जना मन्त्रीले प्रधानमन्त्रीको कदम गलत भन्दै मन्त्री पदबाट राजिनामा दिएका थिए ।
सात जना मन्त्रीले त्यतिबेला राजीनामा दिएपनि प्रधानमन्त्री ओलीले शुक्रबार पाँच जना मन्त्री नियुक्त गरेका छन् । यस पटक प्रधानमन्त्रीले पूर्व माओवादी समूहका नेतालाई मन्त्री बनाएका हुन् । जस अनुसार टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा लामा र गौरीशंकर चौधरी रहेका छन् ।
श्रम मन्त्रालयको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमन्त्रीमा मणि थापा रहेका छन् । यसैगरी शिक्षामन्त्रीको जिम्मेवारी दावा लामाले पाउँदा खानेपानी मन्त्रीमा गौरीशंकर चौधरी नियुक्त भएका छन् । शुक्रबार थपिएका मन्त्रीहरुको सपथ ग्रहण सात बजे राष्ट्रपति कार्यालय शीतल निवासमा तय भएको छ । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने छिन् ।
प्रचण्ड निकट मानिने प्रभु साह बबरमहल भेलामा माधव कुमार नेपाललाई अध्यक्ष बनाउन नहुने मत राखेका थिए । नेपाल र साहको गृह जिल्ला रौतहट नै भएपनि दुई नेताका बीचमा राम्रो सम्बन्ध थिएन ।





प्रतिक्रिया