काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेकी हुन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेको जानकारी दिएको छ। संघीय संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो। प्रतिनिधिसभा भने सरकारको सिफारिसमा गत पुस ५ गते विघटन भइसकेको छ।





प्रतिक्रिया