देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : कमल थापा

देशान्तर

वीरगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त बिकल्प र अबसर भएको बताएका छन् ।

आज पर्साको वीरगन्जमा आयोजित बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको बिषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए ।

प्रचण्ड र ओलिको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपा भित्रको अन्तरबिरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो । ब्यक्ती परिबर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिबर्तन गर्नुपर्नेमा जोड दिए ।

आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने हामी आफै देश बनाउन सक्छौ, राप्रपा लाई बिश्वास गर्नुस हिन्दुराष्ट्र दिन्छौ, राजसंस्था दिन्छौ । बिकास र समृद्धि दिन्छौ । थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी बिप्लब,काङ्ग्रेस कम्युनिस्ट,मधेशबादी सबै अट्ने ब्यबस्था राप्रपाको चाहना भएको बिचार ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजिब पराजुलीले मधेश र मधेसी जनताको हक हित र बिकासको निमित्त राप्रपा नै आबश्यक भएको बताए ।केन्द्रिय सदस्य नगिना यादब र जिल्ला अध्यक्ष सोमेश्वर यादब लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।

कार्यक्रम पछि जिल्ला अध्यक्ष यादबको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।