काठमाडौं । तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डाक्टर खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।
जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।
डा कार्कीले हिजै मन्त्रालय पुगेर पदबाट राजीनामा दिएको बताए। उनले भने ‘ मैले हिजो नै मन्त्रालय पुगेर राजीनामाको पत्र बुझाएको छु।‘ उनको नियुक्ति मन्त्रिपरिषद् बैठकले गरेकोले राजीनामाको स्वीकृतिका लागि समेत मन्त्रालयमार्फत मन्त्रिपरिषद पठाउनु पर्ने हुन्छ।
मन्त्रालयमा आइतबारबाट नयाँ स्वास्थ्य मन्त्रीको रुपमा हृदयेश त्रिपाठी आएका छन्।





प्रतिक्रिया