देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अबको निर्वाचनमा कांग्रेस एक्लै लड्छ, कोहीसँग मिलेर जाँदैन सभापति : देउवा

देशान्तर

काठमाडौं . नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार विरुद्धको प्रदर्शनमा र निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्।
संसद् विघटनविरुद्ध नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर(२ ले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘ओलीको सरकारले संसद् भंग गरेर निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ। कसैसँग मिलेर जाँदैनौं मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलाप एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ।

देउवाले संसद् विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए। उनले अदालतमा विचाराधीन मुद्दामा कांग्रेस नबोल्ने पनि बताए। देउवाले छिट्टै केन्द्रीय समितिको बैठक गरेर देशका कहाँ कहाँ विरोध प्रदर्शन गर्ने निर्णय गर्ने बताए।