काठमाडौ । सङ्खुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ
सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बरामद गरेको विस्फोटक पदार्थहरु प्रेस सम्मेलन गरेर सार्वजनिक गरिएको हो । विप्लव समूहले लुकाएर राखेको सैन्य प्रशिक्षणका दस्तावेज, लत्ताकपडा, टेन्ट दुई थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम चार थान, हतियार तथा कम्ब्याटसहितको जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईको फोटो ६ वटा र पाँच वटा मोबाइलसहित ११ वटा सिम प्रहरीले सार्वजनिक गरेको हो ।
मैदाने भौगोलिक रुपमा समेत विप्लव कार्यकर्ताका लागि सजिलो ठाउँ भएकाले लामो समयदेखि उनीहरुले सेल्टर बनाएका छन् । त्यस ठाउँको जङ्गलमा विप्लव कार्यकर्ताहरुको समूह नै रहने गरेको प्रहरीको अनुमान छ ।





प्रतिक्रिया