देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस सभापति देउवासँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता

देशान्तर

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझोउसहितकोको टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । चिनियाँ टोलिले देउवा निवास बुढानिलकण्ठमा मंगलबार बिहान देउवासँग भेटवार्ता गरेको हो ।

सभापति देउवाले सामाजिक संजाल मार्फत भेटमा दुई देशबीचको सम्वन्ध अझ प्रागाढ बनाउने र नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्ध थप सुदृढ गर्ने लगायतका द्धिपक्षिय हितका विषयमा कुराकानी भएको जानकारी दिएका छन् । भेटका क्रममा काँग्रेस चीनको असल मित्र भएको चिनियाँ टोलिले बताएको छ ।

चिनियाँ टोलीले नेपालको आन्तरिक विषयमा राजनीतिक दल मिलेर अगाडि बढ्न पनि सल्लाह दिएको र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । भेटवार्तामा काँग्रेसका पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्रविद‍् दिनेशचन्द्र भट्टराई पनि सहभागी रहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजित भएसँगै चिनियाँ टोलि नेपाल आएको हो ।

नेपाल आएर चिनियाँ टोलिले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको थियो ।