देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ स्थगित

देशान्तर

काठमाडौँ – सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली-दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो ।

पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ । मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले जानकारी दिए ।