देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४ दिने नेपाल भ्रमण सकेर चिनियाँ टोली आज स्वदेश फर्कियो

देशान्तर

काठमाण्डौ – चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप(मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ ।

हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली आज चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री यैचौको टोली काठमाण्डौ आएको थियो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले अझै पनि मिल्न सक्ने ठाउँ छ भने मिल्नका लागि नेकपाका नेताहरुलाई आग्रह गरेको थियो । टोलीले सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको थियो भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो ।

यस्तै टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग छलफल गरेको थियो ।