देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल नेपाल समूह : बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

देशान्तर

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाको ( प्रचण्ड–माधव ) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ। बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई ल्याएको हो।

यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ। प्रचण्ड पक्षले शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव समेत गरेको छ।

बागमती प्रदेशमा १ सय १० जना सांसद छन्। नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।