देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाले शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

देशान्तर

काठमाडौं . राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पर्सि शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ।

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पर्सि बिहान ११ बजे भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्नका लागि प्रदर्शन गर्न लागिएको बताएका छन् ।

अर्का अध्यक्ष कमल थापाले पनि भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावादको बिरुद्धमा भृकुटीमण्डप आउन आग्रह गरेका छन्। त्यसैगरी हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी हुन उनको आग्रह छ। राप्रपाले पछिल्लो समय राजसंस्था र हिन्दुराष्टको पक्षमा प्रदर्शन गर्दै आएको छ।