देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरे : देउवा

देशान्तर

काठमाडौं . कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘ओलीजीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नुभएको छ। देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ। आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं,’ उनले भने, ‘कुनै पनि बहानामा एकदलीय शासन पद्दति हामी मान्दैनौँ ।’ त्यस्तै सभापति देउवाले संसद् विघटनको विषयको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले फैसला कुरेर मात्रै अघि बढ्ने बताए।