देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड र वामदेवबीच खुमलटारमा वार्ता

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ रहेका नेकपा उपाध्यक्ष बामदेव गौतमले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

फाइल तस्वीर

दाहाल निवास खुमलटारमा शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि गौतम दाहाललाई भेट्न खुमलटार पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएकाे छ ।

नेकपाका राष्ट्रियसभा सदस्यहरुले बैठकमा प्रतिनिधिसभा विघटनको बारेमा कुरा उठाउने तयारी गरेसँगै गौतमले दाहालसँग छलफल गरेका हुन् ।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् ।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलतापछि ओली समूहमा गएका थिए ।