देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेशसम्बन्धी संवैधानिक इजलास सुनुवाइ हुँदै

देशान्तर

काठमाडौं । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३० मंसिरमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ( पहिलो संशोधन ) अध्यादेश जारी गरेकी थिइन् ।

संवैधानिक परिषद्का ६ सदस्यमध्ये तीन जनाले नै निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको विरोधमा रिट दायर भएको थियो ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतमा विचाराधीन अध्यादेशलाई टेकेर प्रधानमन्त्री ओलीले विभिन्न संवैधानिक आयोगमा नियुक्ति दिइसकेका छन् ।