देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माघ ७ गते बागमती प्रदेशको प्रदेश सभा हुने

देशान्तर

काठमाडौ । बागमती प्रदेशको प्रदेश सभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बागमतीमा प्रदेश सभाको बैठक लामो समय देखि बस्न सकेको छैन्। गत साउन ८ गते देखि चल्न सकेको थिएन। ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भए पनि अहिलेसम्म संसद बैठक बस्न नसकेको हो।

सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा समेत देखापरे सँगै सरकार नै धरापमा भएको बेला प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरिएको हो।