काठमाडौँ – राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी फुटेकोमा आफ्नो मुटु चिरिएको अनुभूति गरेको बताएका छन् । सभालाई सम्बोधन गर्दै नेता शर्माले पार्टीका नेता कार्यकर्ता सबैको मुटु चिरिएको बताउदै सबै चिन्तित रहेको बताएका छन् । पार्टी विभाजित भएपनि अझै पनि पार्टीलाई जोड्ने केहि रसायन छन् भने त्यसका लागि सबैले पहल गरिने उनले बताए ।
नेता शर्माले राष्ट्रिय सभामा पहिलो पटक पुगेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकीकरणको रसायनको काम गर्छु भनेकोमा उनलाई शुभकामना दिएका थिए । नेता शर्माले यस अघि कम्युनिष्ट पार्टीहरु विचार र सैधान्तिक कारणले विभाजन यस पटकको विभाजन राजनीतिक कारणले भएको बताए । उनले स्वार्थको लागि राजनीति गरिएको भए त्यो घातक हुने भन्दै राजनीतिको कारणले पार्टी विभाजित हुदै गर्दा यो घातक हुने बताए ।
प्रतिपक्षले पनि सत्तारुढ दल नफुटोस भनेर चाहि रहेका बेला नेकपा फुटेको भन्दै काँग्रेसले पनि एकता नटुटोस र टुटेमा प्रणालीमा असर गर्छ भनेर सचेत गराएको नेता शर्माले सम्झिएका छन् । पार्टीको आन्तरिक अन्तरविरोधका कारणले जनताद्वारा निर्वाचित प्रतिनिधिमुलक संस्था शहिद हुन पुगेको बताउदै नेता शर्माले यो सुखद अनुभूति नभएको बताए । अहिलेको अवस्थामा प्रतिनिधि सभा विघटनलाई राम्रो भएको भनेर नलिएको शर्माले दाबि गरेका छन् ।





प्रतिक्रिया