देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनको असर प्रदेश र स्थानीय तहसम्म : प्रकाशमान सिंह

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकार परेको बताएका छन् । काठमाडौँको पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले केन्द्रीय संसद विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताएका छन् ।

जनताबाट झण्डै दुई तिहाई मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफुसँग नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो, सरकारले चालेको उक्त कदम असंवैधानिक छ,”-उनले भने । वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको उनको भनाई थियो ।

सरकारको असंबैधानिक निर्णय नच्चीए मुलुकको राजनीति अन्धकार सुरुङभित्र फस्ने भएकाले त्यसपछिको परिस्थिति कल्पना गर्ने नसकिने बताएका छन् । राष्ट्रपतिले समेत संविधानको भावना र मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजतिक दुर्घटनामा उन्मुख रहेको बताएका छन् । राष्ट्रपतिले जे सरकारले सिफारिस गर्छ हेर्दै नहेरी सहमति गरिदिनुले संकट तिर मुलुक धकेलिएको बताए । कसैको सनकको भरमा विधि पद्धतिको उल्ङघन गरेर अत्यन्त खेदजनक रहेकाले अबैधानिक निर्णय सच्चिनुपर्नै बताएका छन् ।

विघटित संसदका सदस्यसमेत रहेका नेता सिंहले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधी जनताको सेवामा लाग्नुभन्दा कमाउ धन्दामा लागेका कारण देश विकास हुन नसकेको उल्लेख गरे । जनताको सेवा गर्छु भन्ने हरु सेवा छाडेर मेवा खान थालेकाले राजनीति प्रति जनतामा निराशा बढेको बताएका छन् । नेता सिंहले नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृति, प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वरले नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्थानीय सरकारका कारण जनता र जनप्रतिनिधीबीच राम्रो समन्वय हुँदा स्थानीय तहले विकास निर्माणमा राम्रो फड्को मारेको उल्लेख गरे । बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत गोकर्णेश्वरको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए । सो कार्यक्रममा नगरप्रमुख चालिसेले गोकर्णेश्वरको विकासका बारेमा तयार पारिएको खाका प्रस्तुत गरेका थिए ।