काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले शनिबार राजधानीमा कार्यकर्ता भेला गर्दैछ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ ।
यसअघि ओली समूहले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा सुदूरपश्चिमका कार्यकर्ताको भेला गरेको थियो । संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् ।





प्रतिक्रिया