देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली पक्षका कार्यकता भेला आज पनि

देशान्तर

संसद विघटन पछि दुई टुक्रा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको भेला, सम्मेलन गर्ने होड नै चलेको छ ।

कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूह र दाहाल–नेपाल समूहले देशभर विभिन्न भेला तथा सम्मेलनको आयोजना गरी कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।

त्यस्तै केपी शर्मा ओली पक्षले आज पनि काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ । यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ ।

शनिबार आफूपक्षीय काठमाडौं जिल्लाका कार्यकर्तालाई प्रज्ञा भवनमा ओलीले सम्बोधन गरेका थिए । सो क्रममा उनले दाहाल नेपाल समूहले काम गर्न नदिएको संसद् विघटन गरेको पटक पटक बताएका थिए ।