देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधर आत्तिनु पर्दैन ; कमल थापा

देशान्तर


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन्।

थापाले आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै यस्तो बताएका हुन। राजसंस्थासहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुने उनको दावी छ। उनले कसैलाई पनि निषेध नगर्न आग्रह गर्दै निषेधले द्वन्द्व निम्त्याउने बताएका छन्।

‘राजसंस्था कायम हुंदा गणतन्त्र पक्षधरले आत्तिनुपर्दैन। राजसंस्था सहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुन्छ। कसैलाई निषेध नगरौँ, निषेधले द्वन्द निम्त्याउँछ’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्।