जनकपुर – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमा महेन्द्रवादी प्रवृत्ति रहेको बताएका छन् । उनले ओलीमा पूर्वराजा महेन्द्रकै जस्तो दर्शन, चिन्तन र कार्यशैली रहेको बताए । ‘ओलीले पनि राजा–महाराजाकै शैलीमा शासन सत्ता हातमा लिए,’ जनता समाजवादी पार्टीले आइतबार जनकपुरमा गरेको प्रशिक्षण कार्यक्रममा यादवले भने, ‘ओलीमा मार्क्सवादी र साम्यवादी चिन्तन छैन । तानाशाह बन्न राजा–महाराजाकै शैली अपनाए ।’ उनले प्रधानमन्त्री ओली प्रदेशसभा विघटन गर्नेदेखि मुलुकमा संकटकाल लगाउने योजनामा रहेको दाबी गरेका छन् ।
उनले संकटकाल लगाएर मुलुकमा सेना परिचालन गर्ने र आन्दोलनबाट प्राप्त सबै उपलब्धि खोस्ने ओलीको मनसाय रहेको समेत आरोप लगाए । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परिवर्तनका लागि भएका हरेकखाले आन्दोलनसामु तानाशाहहरू झुकेकाले प्रधानमन्त्री ओलीको पनि त्यही हविगत हुने बताए ।





प्रतिक्रिया