काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको हत्या गरेको आरोप लगाएका हुन् ।
अध्यक्ष नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री आफैलाई घाडो भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीको निरङ्कुश शैलीको विरोध गरेको बताउदै जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार बढाउन भूमिका खेलेकाले पार्टीभित्रबाट विरोध भएको बताए । नेता नेपालले ओलीभन्दा प्रचण्ड राम्रो मान्छे भएको बताउदै ओलीमा आफ्ना विरोधीहरुलाई सिध्याउने प्रवृत्ति रहेको बताए ।





प्रतिक्रिया