देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

देशान्तर


काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ।

प्रतिनिधि सभा विघटनको विषयमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सुनुवाइमा यसअघिकै पाँच न्यायाधीशलाई निरन्तरता दिएका छन्।

बुधबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी छन्।
कानुन व्यवसायीहरुले इजलास गठनका विषयमा असन्तुष्टि जनाएका थिए।

यही पुस ५ गते संघीय प्रतिनिधिसभा विघटन भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुले सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयविरुद्ध दर्जन बढी रिट दायर गरेका थिए।

सोही रिटमाथि सुनुवाइ सुरु भएको हो।