देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली इमान्दार तानाशाह : डा. बाबुराम भट्टराई

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओली पछिल्लो पटक भएको सबै परिवर्तनको विरोधी मान्छे भएको आरोप लगाए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले परिवर्तन विरोधी ओलीलाई नेकपाले कसरी यहाँसम्म ल्यायो भनेर प्रश्न गरेका छन् ।

‘केपी शर्मा ओली यो सबै परिवर्तनको विरोधी मान्छे हुन्’, उनले भने, ‘नेकपाका साथीलाई अन्यथा नपरोस्, तपाईहरुले यस्तो मान्छेलाई कसरी यहाँसम्म बोकेर ल्याउनु भो रु हामीलाई बडो अचम्म लाग्छ ।’ उनले ओलीको झापा आन्दोलन र ४० को दशकमा अग्रगामी भूमिका रहे जेलबाट निस्केपछि परिवर्तनविरोधी भएको बताएका छन् ।

उनले प्रधानमन्त्री ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता लगाएतका परिवर्तनविरोधी भएको बताए । ‘उहाँले इमान्दारितापूर्वक नै भन्नु भएको छ, पछिल्लो समय भएका परिवर्तन स्वीकार्य छैन भनेर’, डा। भट्टराईले, ‘त्यसैले उहाँ इमान्दार तानाशाह हो ।’