देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँको टोखामा दुई व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटियो

देशान्तर

काठमाडौ । काठमाडौँको टोखा नगरपालिका–९ दीपज्योतीबाट एक व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटपाट गरिएको छ।

सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका ती पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको हो।

४÷५ जनाको समूहमा आएका अज्ञात व्यक्तिको समूहले ती पुरुषसहित दुई जनलाई चक्कु प्रहार गरी घाइते बनाएको र उनको साथमा रहेको मोबाइल लुटपाट गरी फरार भएका थिए।

प्रहरीले दुई व्यक्तिमाथि चक्कु प्रहार गरेको भए पनि मोबाइल भने एक जनाको मात्रै लुटेको जनाएको छ।

लुटपाटको खबर पाउनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको जनाएको छ।