देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा हिउँदे अधिवेशनको दोस्रो बैठक सुरु

देशान्तर

काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्‍भावित कार्यसूची छ। साथै बैठकमा राष्ट्रियसभाका अध्यक्षले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार आज विशेष समयमा राष्ट्रियसभा सदस्यले आफ्नो धारणा पनि राख्नेछन्। प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभामा खासै एजेण्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ।