देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछ : डा रिजाल

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन्।

चितवामा आज पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे। उनले भने ,सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ। मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन।ु संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताए। संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उनको जिकिर थियो।