देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाको अर्को बैठक भोलि बस्ने

देशान्तर

काठमाडौं – राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरियो।

त्यस्तै आजको बैठकमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम, खिमलाल भट्टराई, राम लखन चमार, शेरबहादुर कुँवर, कांग्रेस रमेशजंग रायमाझी, प्रकाश पन्थ, अनिता देवकोटा, जनता समाजवादीका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले आफ्नो धारणा राखेका थिए। त्यस्तै राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका रामनारायण बिडारी र बिमला राई पौड्यालले पनि आफ्नो धारणा राखेका थिए।

राष्ट्रियसभामा बोल्ने अधिकांश सदस्यहरुले संसद विघटनको विषयमा धारणा राखेका थिए। केहीले अदालतमा पुगिसकेको विषय भएकोले त्यसको विषयमा धेरै बोल्न नहुने पनि बताए।