देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको प्रवृति नै फरक मत राख्नेलाई बाँकी नराख्ने हो : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति मात्र अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको बताएका छन् । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको बताए ।

कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उनले बताए । फरक मत राख्नेहरुलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने ओलीको त्यही प्रवृत्तिलाई चित्रण गरेर आफूले बा बा प्रवृत्ति भनेको पूर्व प्रधानमन्त्री नेपालले बताए ।

केपी ओली होइन, ओली प्रवृत्ति पार्टीभित्र र बाहिर सबैका लागि समस्या भनेको भन्दै उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’