देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिद्वारा भण्डारीद्वारा स्वीस राष्ट्रपतिलाई बधाई

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छिन । राष्ट्रपति भण्डारीले स्वीस समकक्षीलाई आज सन्देश पठाउँदै बधाई ज्ञापन गरेकी हुन ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताएकी छिन । नेपालको विकास प्रयासमा स्वीट्जरल्याण्डबाट प्राप्त सहयोगको राष्ट्रपति भण्डारीले सराहना गरेकी छिन ।

उनले आगामी दिनमा स्वीस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।