देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुन्छ : राजेन्द्र महतो

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन्। महतोले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने उनले बताए। अहिलेको अवस्थामा समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए। संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए।

‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ उनले भने,‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ।’ देशमा संसद् पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे। अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो। ‘बहु राष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ। त्यसपछि जोसुकै प्रधानमन्त्री भएपनि फरक पर्दैन’ उनले भने।

चुनाव प्रतिगमनकारीको धन्दा भएको बताए। ‘सात पटक संविधान बन्दा पनि किन समस्या आयोरु’ उनले भने। देशमा अहिलेको संविधानले प्रतिगमन गरिराख्ने ठोकुवा गरे। किस्ताबन्दीमा संसद पुनःस्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको बताए। उनले पटक पटक बहुल राष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए। बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोल चक्करमा देश फसिरहने बताए। आफूहरु बहु राष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो। ओलीको कदमबाट आश्चर्य मान्नुपर्ने बताए। उनले भने, ‘प्रतिगमन कारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ।’ यो संविधानअनुसार पटक पटक प्रतिगमन भइरहने निश्चित भएको ठोकुवा गरे।