प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिमको धनगढी जाने भएका छन् ।
आफू निकट नेकपाले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले जानकारी दिएको छ ।
पार्टी विभाजन भएपछि ओली उपत्यका बाहिरको कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन् ।
प्रधानमन्त्री ओलि आज बिहान श्रीएरलाईन्स मार्फत धनगढी जाने कार्यक्रम रहेको छ । उनी बेलुका नै काठमाडौं फर्कनेछन् ।





प्रतिक्रिया