देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्चिदैन : डा. बाबुराम भट्टराई

देशान्तर

काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीले गल्ति स्वीकार गरेमा ओली प्रतिगमन नसच्चिने स्पष्ट गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा ।

पार्टी एकता हुनसक्छ, संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसक्ने बताएका छन् । उनले हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका भएको बताएका छन् ।

उनले भने ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा । पार्टी एकता हुनसक्छ, संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है ? हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं ? इतिहास नदोहोरिओस् ?