चरिकोट – गृहमन्त्री रामबहादुर थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्याउने बताएका छन् । दोलखाको चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले स्थायित्वका लागि नयाँ संसदीय निर्वाचनमा जाने तयारी भएकाले पुरानो संसद अब पुनर्स्थापना नहुने दाबी गरे ।
‘पदको लोभमा परेर प्रतिगनमलाई सघाउन लागिपरेका छन्’, मन्त्री थापाले भने, ‘अहिले पुरानै संसदकी नयाँ संसदको बहस चलिरहेको छ ।’ पुरानो संसद पुनर्स्थापनाले अस्थिरता निम्त्याउने उनको तर्क छ । उनले राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताए । ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’





प्रतिक्रिया