देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

देशान्तर

काठमाडौं – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्‍न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको देउवाले बताए । देउवाले ट्वीटरमा लेखेका छन्, निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ ।

दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्यरमान्यताविपरीत हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा गरेको प्रदेशस्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै रु’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको थियो ।