देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार पूर्वप्रधानन्यायाधीशको ठहर – प्रतिनिधिसभा विघटन असंवैधानिक

देशान्तर

काठमाडौं – चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै २०७२ को संबिधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकारको व्यवस्था नगरिएको अवस्थामा समेत आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको टिप्पणी गरेका छन् ।

उनीहरुले संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् । उनीहरुले कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संबिधानको आधारभूत मुल्य परिवर्तन नहुने बताउदै जुनसुकै परिस्थिति उत्पन्न भए पनि संबिधान र संबिधान कार्यान्वयन गर्दा संबिधानवादको अधिनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति :