चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस नजाने बताए। प्रधानमन्त्री केपी ओलीले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेको उनको आरोप थियो ।
नेपाली कांग्रेस चितवनद्वारा रत्ननगरमा आयोजित विरोध सभामा रिजालले संविधानको अपव्याख्या गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको नाटक गरेको आरोप लगाए। उनले निर्वाचन गराउनकै लागि मिति तोकिएको भए पार्टी किन फुटाए भन्दै प्रश्न गरे। ओलीले प्रधानमन्त्री हुँदादेखि नै संविधानको खिलाप काम गरेको उनको आरोप छ ।
लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाइ छ । ओली हिटलरभन्दा पनि खतरनाक रहेको भन्दै नेता रिजालले हिटलरलाई जनताले जसरी खेदेका थिए त्यसरी नै उहाँलाई पनि सडकबाटै जनताले ठेगान लगाउने बताए।





प्रतिक्रिया