देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

देशान्तर

काठमाडौँ – सरकारले राष्ट्रियसभाको चालु अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गरेको छ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

उनका अनुसार आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ।