काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका छन्। ‘प्रतिनिधि सभा पुनर्स्थापना भए पनि वा निर्वाचन जे भए पनि विकल्पका लागि हामी तयार छौं’ उपसभापति निधिले भने ‘यसका लागि सबै नेपाली जनता एक हुनु नितान्त जरूरी छ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले प्रतिनिधिसभा पुनर्स्थापना हुनेरनहुने विषयमा सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा समेत लाग्न आह्वान गरे।
‘कुनै पनि लोकतान्त्रिक शक्ति निर्वाचनबाट डराउनै सक्दैन, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकोले जनतामाझ जान सदैव तत्पर छ’ उनले भने ‘बरु कम्युनिष्टहरु लोकतन्त्रलाई रुचाउँदैनन्, कम्युनिष्ट र लोकतन्त्र कहिल्यै सँगै हिँड्न सक्दैन, जसको प्रत्यक्ष उदाहरण प्रधानमन्त्री ओलीको पछिल्लो असंवैधानिक कदम हो।’





प्रतिक्रिया