देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन : उपसभापति निधि

देशान्तर

जनकपुर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । प्रेस युनियन धनुषाले मंगलबार बिहान जनकपुरमा आयोजन गरेको पत्रकार सम्मेलनमा उनले ‘नेपालको संविधान २०७२ मा संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नरहेको बताए ।

ओलीको निर्णय अवैधानिक हो तर निर्वाचन संवैधानिक भएको उनको भनाई छ । लोकतान्त्रिक प्रणाली, देश, जनता र संविधानको रक्षाको लागि प्रतिनिधिसभाको आवश्यकता भएको जनाउँदै उनले कांग्रेस प्रतिनिधिसभा प्राप्त गर्ने दुवै विकल्पका लागि तयार रहेको बताए । ‘हामीलाई प्रतिनिधिसभा चाहिन्छ, यसमा दुई मत हुनै सक्दैन । यसका दुई विकल्प छन्- प्रतिनिधिसभा पुनस्स्थापना वा निर्वाचन,’ उनले भने, ‘हामी दुवै विकल्पका लागि तयार छौं ।’

कांग्रेस आन्दोलनभन्दा पनि निर्वाचनको पक्षमा देखिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले भनेको छ देश, जनता र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा चाहिन्छ । अदालतले संसद् पुनस्स्थापना गर्‍यो भने पनि वा निर्वाचनमा जान भने पनि हामी त्यो निर्णय स्वीकार गर्छौं ।’