काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयलाई धम्काउने केपी शर्मा ओलीको प्रवृतिको भर्त्सना गर्ने बताएका छन् । नेकपाको दाहाल-नेपाल पक्षको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफुले भनेजस्तो नै सर्वोच्चले फैसला गर्छ भन्ने जानकारी कसरी हासिल गरे भन्दै यो प्रश्न सोचनीय भएको टिप्पणी गरेका छन् । संसद विघटन बारे पूर्वप्रधानन्यायाधीशहरुले आफ्नो विचार राखेर कर्तव्य निभाएको बताउदै उनीहरुको सहासलाई आफुले सलाम गर्ने बताए ।
दाहालले पूर्वप्रधानन्यायाधीशहरु देशको जिम्मेवार र सचेत नागरिक भएको भन्दै उनीहरुले आफ्नो कर्तव्य पुरा गरेको बताए । सर्वोच्चले संबिधानकै ब्याख्या गरेर फैसला दिने भन्दै सर्वोच्चप्रति आफ्नो विश्वास रहेको बताए । दाहालले कथमकदाचित उल्टो फैसला आएमा सबैभन्दा ठुलो अदालत जनताको अदालतमा जाने बताए । आफुहरु फेरी षड्यन्त्रका विरुद्ध सडकमा जानुपर्ने भएपनि अब तयार रहेको भन्दै प्रचण्डले ओलीको पतन अनिवार्य रहेको बताए ।





प्रतिक्रिया