देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफूहरु कमेडी र प्रहसन गर्दै नहिँडेको प्रचण्डको भनाई

देशान्तर

काठमाडौ प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमनत्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन्।

बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु कमेडी र प्रहसन गर्दै नहिँडेको बताएका हुन्।

उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए। उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीइ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताएका हुन्।

‘हामी राजनीतिक हिसाबले अप्ठ्यारो अवस्थामा छौँ, ७० वर्षदेखि हामीले जे जति संघर्ष गर्‍यौँ, जनताले बलिदान गरे, ती सबैको उपलब्धि गणतन्त्र घोषण र गणतन्त्रात्मक संविधान निर्माण गर्‍यौँ त्यो अहिले धरापमा छ’,उनले भने।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए