काठमाडौँ – संसद विघटनविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

कपाल मुण्डन गरेर मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । त्यसक्रममा नेविसंघका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ । पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिस, प्रनील तामाङ, सगुन कडेल, रोशन गुप्ता, प्रशान्त कार्की, दिनेश कार्की र सुन्नी अधीकारी रहेका छन् ।





प्रतिक्रिया